आईपीएल विजेता टोलीले कति पाउँछ नगद ? « Nagarik Khabar

आईपीएल विजेता टोलीले कति पाउँछ नगद ?



दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनको उपाधिका लागि आज दुई पूर्वविजेता टोलीहरू चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।

राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडीयम हैदरावादमा साझ हुने फाइनल खेलबाट चेन्नई र मुम्बई दुबै टोलीले चौथो पटक उपाधि जित्ने योजना बनाएका छन् । यद्यपि यी दुईमध्ये एक टोलीले मात्रै चौथो पटक आईपीएलको विजेता बन्ने सौभाग्य पाउने छन् ।

आईपीएल फाइनल उपाधिसँगै पुरस्कार रकमका कारण पनि प्रतिष्ठाको विषय बन्ने गरेको छ । किन भने आईपीएलको उपाधि विजेता टोलीले २० करोड भारु प्राप्त गर्ने छन्, जसको नेपाली मुल्य ३२ करोड हुने छ ।

आईपीएलको नियमअनुसार पुरस्कार रकमको आधा रकम विजेता फ्रेन्चाईजले लिने छ भने बाँकी रकम खेलाडीले प्राप्त गर्ने छन् । आईपीएलको उपविजेता टोली पनि खाली हात फर्कने छैन । प्रतियोगिताको उपविजेता टोलीले १२ करोड ५० लाख भारु प्राप्त गर्ने छ, जसको नेपाली मुल्य २० करोड हुने छ ।

यसका साथै प्रतियोगितामा फिल्डिङ, बलिङ, ब्याटिङ र समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने केही खेलाडीका लागि पनि व्यक्तिगत ठूला पुरस्कारबाट पुरस्कृत हुने छन् । यस्तै प्रतियोगितामा इमर्जिङ प्लेयरको रुपमा समेत कुनै एक खेलाडी पुरस्कृत हुने छन्, जो अप्रिल एक तारिख १९९३ देखि यता जन्मिएर पाँच वा त्यो भन्दा कम टेस्ट खेल वा २० भन्दा कम एकदिवसीय खेल वा २५ भन्दा कम आईपीएल खेल खेलेको हुनुपर्ने छ । त्यसकासाथै यो भन्दा अघि इमर्जिङ प्लेयरको अवार्ड नजितेको पनि हुनुपर्ने छ ।

इमर्जिङ प्लेयर घोषित हुने खेलाडीले १० लाख भारु प्राप्त गर्ने छन् । यो क्याटेगोरीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि छन् । यद्यपि सन्दीप आइतबार नेपाल फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: