मोटरसाइकल दुर्घटनामा सप्तरीमा युवकको मृत्यु « Nagarik Khabar

मोटरसाइकल दुर्घटनामा सप्तरीमा युवकको मृत्यु



सप्तरी । सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–३ का ३२ वर्षीय प्रवीण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कदमहा–गाईघाट सडकखण्डअन्तर्गत सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा रोकिराखेको स १त ५००२ नम्बरको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते भएका चौधरीको उपचारका क्रममा सप्तऋषि अस्पताल लहानमा मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: