सन्दीप लामिछाने आएको जहाज विमानस्थलमा ल्याण्ड नगरी किन फिर्ता ? « Nagarik Khabar

सन्दीप लामिछाने आएको जहाज विमानस्थलमा ल्याण्ड नगरी किन फिर्ता ?



काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आएको एयर इण्डियाको जहाज काठमाडौंमा ल्याण्ड गर्न नसकेर फर्किएको छ । विमानस्थलमा ल्याण्ड हुनै लाग्दा जहाज फेरि आकाशतर्फ मोडिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने मौसममा आएको खराबीका कारण जहाज ल्याण्ड हुनै लागेर पनि फर्किएको जनाएको छ । जहाज कोटेश्वर नजिकै आएको थियो । मौसम खराब भएपछि विमानस्थलमा जहाज बस्न नसकेर फेरि हाइट लिएर उडेको छ । जहाज अहिले पनि आकाशमै होल्डमा छ ।

एयर इन्डीयाको एआइसी-२१५ जहाज दिउँसो २:३५ मा काठमाडौं अवतरण हुनुपर्नेमा अझै हुन सकेको छैन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मौसममा सुधार भएपछि जहाज काठमाडौं अवतरण गर्ने जनाएको छ । 

दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दीप आइतबार एयर इन्डीयाबाट काठमाडौं फर्किदैं छन् ।

(लामो समय होल्डमा रहेको जहाज ४:१५ मा मात्र विमानस्थलमा ल्याण्ड भएको छ ।)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: