काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
आइतबार प्रहरी प्रधान कार्यालयमा पोखरेललाई डिआइजीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । पोखरेललाई गत बिहीबार बढुवा समितिले डिआइजीका लागि सिफारिस गरेको थियो।
बढुवा सिफारिसपछि एक हप्तासम्म सिफारिसमा परेका व्यक्तिविरुद्ध उजुरी हाल्न पाउने व्यवस्था भए पनि पोखरेलविरुद्ध कुनै उजुरी नपरेकाले आइतबार दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
उनलाई नेपाल प्रहरीको प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ ।