टोले गुण्डा नियन्त्रण गर्ने प्रहरीको उद्घोष(भिडियोसहित) « Nagarik Khabar

टोले गुण्डा नियन्त्रण गर्ने प्रहरीको उद्घोष(भिडियोसहित)



काठमाडौं । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले आफूले रात्रीकालिन व्यवसायलाई व्यवस्थित गर्ने बताएका छन् । व्यवसायीसंग छलफल गरेर आफूले काठमाडौंको रात्रीकालिन व्यवसायलाई व्यवस्थित गर्ने सुवेदीले बताए ।
आईतवार पत्रकार सम्मेलन गरेर वरिष्ठ प्रहरी उपरिक्षक सुवेदीले भने व्यवसायीसंग छलफल गरेर रात्री कालिन व्यवसायमा काम गर्ने कर्मचारीको परिचयपत्रको व्यवस्था गरिनेछ । टोले गुण्डा नियन्त्रण हाम्रो प्रयास हुनेछ ।
काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको संयुक्त पत्रकार सम्मेलनमा सुवेदीले रात्री कालिन व्यवसायलाई मर्यादित बनाईने बताए ।
अपराध महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरिक्षक सहकुल थापाले आर्थिक, सामाजिक र साईबर अपराध नियन्त्रणका लागि फरक फरक टोली बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । दुवै जनाले कार्यभार सम्हालेपछि पत्रकार सम्मेलन आयोजना गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: