नर्समाथि श्रम शोषण गर्ने अस्पताललाई कारवाही हुन्छ : मन्त्री विष्ट (भिडियोसहित) « Nagarik Khabar

नर्समाथि श्रम शोषण गर्ने अस्पताललाई कारवाही हुन्छ : मन्त्री विष्ट (भिडियोसहित)



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नर्सहरुमाथि श्रम शोषण गर्ने अस्पतालहरुमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन् । उनले श्रम शोषण गरिरहेका अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पीडित नर्सहरुलाई आह्वानसमेत गरे ।

आइतबार अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री विष्टले नर्सहरुलाई न्युनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई श्रम ऐनअन्तर्गत कारवाही गर्ने चेतावनी दिए । श्रम ऐनले तोकेबमोजिम पारिश्रमिक तथा सेवा, सुविधा नदिने सरकारी/गैरसरकारी सबै संस्थाहरुलाई कार्वाहीको दायरामा ल्याउने उनको प्रतिवद्धता छ ।

मन्त्री विष्टले पीडित पक्षले दिएको उजुरीको आधारमा न्यूनतम पारिश्रमिक समेत नदिने केही अस्पतालहरुलाई कार्वाहीको दायरामा ल्याइएको उल्लेख गरे ।

यो पनि पढ्नुहोस् 

सेवा सुविधाको माग गर्दै अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको अनसन

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: