डा.बावुराम भट्टराईमा फ्रस्टेसन देखियो: नेकपा नेता पाण्डे « Nagarik Khabar

डा.बावुराम भट्टराईमा फ्रस्टेसन देखियो: नेकपा नेता पाण्डे



काठमाडौं । नेकपाका सांसद सुरेन्द्र पाण्डेले डा.बावुराम भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै प्रतिवाद गरेका छन् ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पाण्डेले भट्टराईको प्रतिवाद गरेका हुन् । पूर्व प्रधानमन्त्री भट्टराई लगत्तै आफ्नो धारणा राख्न रोस्टम पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको बताए । सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको तर्क गरे ।

पाण्डेले भने-“१९८० को दशकमा पूर्र्व कम्युनिष्टहरुपनि जुन देशमा क्रान्तिहरु गर्न सकेनन् र असफल भईसकेपछि निरास मानिसहरुले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो । अब यो अगाडि जादैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडनिष्ट भिउज्हरु त्यस सिलसिलामा जन्म भए । राईटिस्हरुभित्र पनि एक खालका राईटिसहरुबाट विरक्तिएकाहरु लेफ्ट मुभमेण्टबाटै विरक्तिएकाहरुले यस खालका विचारहरु ल्याए तर त्यो पनि विचार कुनै नयाँ परिणाममुखी , कुनै कुराबाट त्यो निर्देशित थिएनन् वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्टेसनको अभिव्यक्ति थियो । यो चिज हाम्रो देशमा पनि स्वयम् डाक्टर साबमा पनि व्यक्त हुन्छ ।”

आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्र्दभिक नभएको दाबी पनि सांसद पाण्डेले गरे । उनले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादनवृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने बताए । अन्तरप्रदेशको समन्वय गर्ने गरि स्पष्ट ढंगले कानुन बनाउनुको साथै सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: