सन्दीपले प्रधानमन्त्री कप नखेल्ने « Nagarik Khabar

सन्दीपले प्रधानमन्त्री कप नखेल्ने



काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आसन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर आइतबार स्वदेश फर्किएका सन्दीपले जेठ पहिलो साताबाट सुरु हुने भनिएको ५० ओभरको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने बताएका हुन् ।

सन्दीपले अवको केही समय परिवारसँग आराम गर्ने बताए । आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई प्रतिकृया दिदै सन्दीपलले भने, ‘अवको केही समय परिवारसँग आराम गर्ने छु ।’

नेपालय इन्टरनेशनलसँगको सहकार्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्न लागेको प्रधानमन्त्री कप यही जेठको एक गतेबाट सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: