प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता लिन बाध्य बनाउँछौं : देउवा (भिडियोसहित) « Nagarik Khabar

प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता लिन बाध्य बनाउँछौं : देउवा (भिडियोसहित)



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयक प्रेस स्वतन्त्रताविरोधी भएको दाबी गरेको छ । उसले सरकारलाई उक्त विधेयक फिर्ता लिन बाध्य बनाउने चेतावनी दिएको छ ।

आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडियासम्बन्धी विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको दाबी गरे । उनले उक्त विधेयक संसद र सडक दुवैतर्फको आन्दोलनबाट फिर्ता गराउन बाध्य पार्ने चेतावनी दिए ।

सभापति देउवाले विधेयकको विरोधमा उत्रिएका पत्रकारहरुको आन्दोलनमा आफ्नो पार्टीको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जग भएको उल्लेख गर्दै त्यसलाई हनन् गर्ने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सैह्य नहुने दोहोर्‍याए ।

एक फरक प्रसंगमा सभापति देउवाले संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको ‘तत्कालीन राजा महेन्द्रले प्रयोग गरेको भाषा जय नेपाल किन प्रयोग गरेको ?’ भन्ने प्रश्न पागलपनको उपज भएको टिप्पणी पनि गर्नु भयो । उहाँले नेपालमा जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने ? भनि संचारमन्त्री बास्कोटालाई प्रतिप्रश्न पनि गर्नु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका संविधान र कानुन विपरितका सबै गतिविधिविरुद्ध आफ्नो पार्टीले जनतालाई सचेत गराउने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: