काठमाडौं उत्रिएपछि सन्दीपले भने ‘जहाजका कारण सातो गयो’ (भिडियोसहित) « Nagarik Khabar

काठमाडौं उत्रिएपछि सन्दीपले भने ‘जहाजका कारण सातो गयो’ (भिडियोसहित)



काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आएको एयर इण्डियाको जहाज काठमाडौंमा ल्याण्ड गर्न नसकेर फर्किएपछि उनी निक्कै आत्तिएका थिए । आफू सवार जहाज रनवेबाट फर्किदा सातो गएको उनले बताए । उनले भने ‘सातो गयो । किन भने चेन्नईबाट दिल्ली आउँदा पनि मलाई अहिलेसम्मकै खराब अनुभूति भएको थियो । आज त्यो भन्दा पनि खराब रह्यो । आशा छ अब त्यस्तो नहोस् । रनवेबाट जहाज फर्किएको थियो ।’

लामिछाने आएको एयर इण्डियाको जहाज काठमाडौंमा ल्याण्ड गर्न नसकेर फर्किएको थियो । विमानस्थलमा ल्याण्ड हुनै लाग्दा जहाज फेरि आकाशतर्फ मोडिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने मौसममा आएको खराबीका कारण जहाज ल्याण्ड हुनै लागेर पनि फर्किएको जनाएको छ ।

जहाज कोटेश्वर नजिकै आएको थियो । मौसम खराब भएपछि विमानस्थलमा जहाज बस्न नसकेर फेरि हाइट लिएर उडेको थियो ।
एयर इन्डीयाको एआइसी-२१५ जहाज दिउँसो २:३५ मा काठमाडौं अवतरण हुनुपर्नेमा लामो समय होल्डमा रहेको जहाज ४:१५ मा मात्र विमानस्थलमा ल्याण्ड भएको थियो । दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दीप आइतबार एयर इन्डीयाबाट काठमाडौं फर्किए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: