कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा युवक बेपत्ता « Nagarik Khabar

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा युवक बेपत्ता



पाल्पा । निस्दी गाउँपालिका–१ वाकामलाङ्को लितिपिरिङस्थित काली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्न साथीसँग नदीमा गएका २१ वर्षीय डोसबहादुर तामाङ बेपत्ता भएको प्रहरीले बताएको छ ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ सानो ओढारेका तामाङ अहिलेसम्म नभेटिएको इलाका प्रहरी कार्यालय रामपुरका भूपालसिं रानाले जानकारी दिए । ६ दिनअघि मात्रै मजदुरीका निम्ति आएका तामाङ्का श्रीमती र दुई वर्षीय छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: