नेप्सेमा सामान्य सुधार « Nagarik Khabar

नेप्सेमा सामान्य सुधार



काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.०७ बिन्दुले बढेर एक हजार २९५.०३ बिन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले बढेर २७७.०३ बिन्दुमा पुगेको छ । स्टकका अनुसारका आइतबार कुल १७१ कम्पनीको २६ लाख ६९ हजार ५९ कित्ता शेयर ८४ करोड ७६ लाख ९९ हजार ६६१ रुपैयाँमा खरिद बिक्री भए ।

कारोवार भएका कुल ११ उपसमूहमध्ये चार उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । होटल १००.२४, वित्त ०.४१, निर्जीवन बीमा ७६.०४ र उत्पादन ९८.७९ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ०.५६, विकास बैंक ७.८५, जलविद्युत् १.२१, अन्य ०.३१, लघुवित्त १.६०, जीवन बीमा १०.०३ र म्यूचअल फण्ड ०.०८ बिन्दुले घटेका छन् । आइतबार शिवम् सिमेन्टका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए । यस्तै, प्रिमियर इन्स्योरेन्स ९.८७, ओरियन्टल होटल ८.७९, नेपाल हाइड्रो डेभलपर ८.१५, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका शेयधनीले ५.५७ प्रतिशतले कमाएका छन् ।

सूर्योदय लघुवित्त वित्तीय संस्था ७.२६, नवील इक्विटी फण्ड ५.७८, सिनर्जी पावर डेभलपमेन्ट ४.९०, माउन्टेन हाइड्रो ४.३४ गण्डकी विकास बैंकका शेयरधनीले ३.७५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: