सन्दीपसँग नेपाली क्रिकेटबारे सचिन तेन्दुल्करको जिज्ञासा « Nagarik Khabar

सन्दीपसँग नेपाली क्रिकेटबारे सचिन तेन्दुल्करको जिज्ञासा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को दौरान नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले भारतीय दिग्गज क्रिकेटर सचिन तेन्दुल्करसँग तस्वीर खिचाए । उनीसँग सन्दीपले केही समय कुरा गर्ने अवसर समेत पाए ।

त्यस बेला सन्दीपले सचिनसँग के कुरा गरेका थिए ? आईपीएल सकेर आइतबार स्वदेश फर्कने क्रममा सन्दीपले आफूले तेन्दुल्करसँग नेपाली क्रिकेटबारे कुरा गरेको जानकारी दिए । त्यस क्रममा तेन्दुल्करले आफूसँग नेपाली क्रिकेटबारे जिज्ञासा राखेको सन्दीपले बताए ।

‘जोसँग पनि भेट वा कुरा हुँदा नेपाली क्रिकेटकै बारेमा कुरा हुन्छ । उँहासँग पनि भेट हुँदा नेपाली क्रिकेट बारे नै कुरा भएको थियो’, सन्दीपले भने, ‘उँहाले नेपाली क्रिकेटबारे केही जिज्ञासा राख्नुभएको थियो ।’

तेन्दुल्करले नेपाली क्रिकेटका लागि शुभकामना पनि दिएको सन्दीपले बताए । ‘पछिल्लो समय नेपाली क्रिकेटले पनि प्रगति गरिरहेको छ । तेन्दुल्करले नेपाली क्रिकेटलाई ‘वेस्ट विसेस’ पनि दिनुभएको थियो’, सन्दीपले भने ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: