मुलुकभर डढेलोको प्रकोप, यो साता वर्षकै सबैभन्दा बढी डढेलो « Nagarik Khabar

मुलुकभर डढेलोको प्रकोप, यो साता वर्षकै सबैभन्दा बढी डढेलो



काठमाडौं। सरकारले डढेलो नियन्त्रणका लागि प्रत्येक वर्ष करोडौं बजेट खर्च गरिरहेको छ । तर, यसको प्रभावकारिता देखिएको छैन । अत्यधिक गर्मी, लामो खडेरी, उच्च वेगको हावाहुरीलगायत कारणले दिनहुँ हजारभन्दा बढीको संख्यामा डढेलो लागिरहेको छ । यो साता मुलुकभर डढेलोको प्रभाव बढी भएको पाइएको छ ।

यो वर्षकै सबैभन्दा बढी डढेलो लागेको साताका रूपमा २३ देखि २९ वैशाखलाई लिइएको छ । शनिबारदेखि मौसममा केही फेरबदल भएर वन डढेलोमा केही कमी आउने आशा गरे पनि आइतबार मात्र १ हजार १९ स्थानमा डढेलो लागेको तथ्यांक छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकासित भएको छ ।

वन डढेलो व्यवस्थापन च्याप्टरले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार ६ सय ६० स्थानमा डढेलो लागेको भए पनि आइतबार अत्यधिक क्षेत्रमा डढेलो लागेको थियो । शुक्रबार मुलुकभर २ हजार चार स्थानमा वन डढेलो लागेको थियो भने गत बिहीबार १ हजार ६ सय ७० स्थानमा डढेलो लागेको पाइएको छ ।

नासाको स्याटलाइटले दिएको तथ्यांकअनुसार गत बुधबार १ हजार ७ सय ४३ स्थानमा वन डढेलो लागेको थियो भने गत मंगलबार नौ सय स्थानमा डढेलो लागेको थियो । यस्तै, एक साताअघि सोमबारको दिन ७ सय ९८ स्थानमा वन डढेलो लागेको तथ्यांक नासाले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: