बिनापुर्जी प्रहरी नियन्त्रण र यातना « Nagarik Khabar

बिनापुर्जी प्रहरी नियन्त्रण र यातना



बारा । प्रहरी निरीक्षकको कमाण्डमा रहेको क्राइम ब्रान्च टोलीका सदस्यहरूले बिनाकारण कलैया उपमहानगरपालिका–१ का संजय साहलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ। ‘आफूहरूले भनेको कुरा नमानेको,’ भन्दै शुक्रबार नियन्त्रणमा लिएर प्रहरीले आफूलाई कुटपिट गरेको पीडितले बताएका छन्।

मुलुकी अपराध संहिता २०७४ का अनुसार प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गर्नुभन्दा पहिला अदातल वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ। तर प्रहरीले भने अनुसार नचलेको निहुँमा बिनापुर्जी नियन्त्रणमा लिएर साहलाई कुटपिट गरिएको हो।

‘शुक्रबार बेलुका कलैयाको घण्टाघरनजिकै रहेको तारा स्विटसअगाडि उभिइरहेको अवस्थामा सादा पोशाकका प्रहरीहरू आएर केही सोध्नु छ भन्दै पसलभित्र लगे,’ साहले भने, ‘तारा स्विटसभित्र पुगेपछि मेरो मोबाइल लिए र मलाई बाहिर जान रोक लगाए।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।

त्यसरी प्रहरीको अघोषित नियन्त्रणका परेको केहीबेरमा थुक फाल्न पसलबाट बाहिर जान लाग्दा प्रहरी निरीक्षक निशान्त श्रीवास्तको नेतृत्वमा रहेको टोलीले ‘बढी कुरा गरेको’ भन्दै जबरजस्ती गाडीमा राखी जिल्ला प्रहरी कार्यालय पुयाएर कुटपिट गरेको साहले बताए। साहका अनुसार प्रहरीको कुटाइबाट उनको घुँडामा गहिरो चोट लागेको छ र त्यही कारणले बसेर दिशा–पिसाब गर्नसमेत समस्या भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: