मानवअधिकार आयोगका सदस्यबीच मतभेद « Nagarik Khabar

मानवअधिकार आयोगका सदस्यबीच मतभेद



काठमाडौं। सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार हनन गर्नेलाई कालोसूचीमा राख्ने मानवअधिकार आयोगको प्रक्रिया अलमलमा परेको छ । मानवअधिकार हननका दोषीको नाम सार्वजनिक गर्ने विषयमा मानवअधिकार आयोगका सदस्यबीच लामो समयदेखि मतभेद देखिँदै आएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्मा र सदस्य गोविन्दप्र्रसाद पौड्याल नाम सार्वजनिक गर्ने पक्षमा देखिए पनि बहुमत सदस्य सहमत नभएपछि सो प्रक्रिया नै अलमलमा परेको हो । आयोग सदस्य प्रकाश वस्ती, सुदीप पाठक र मोहना अन्सारी तत्काल नाम सार्वजनिक गर्ने विषयमा सहमत छैनन् ।

आयोगले करिब २ सयजनालाई कारबाहीको सिफारिस गरेको थियो । तर, आयोगले गरेको सिफारिस सरकारबाट कार्यान्वयन भएको छैन । सरकारले कारबाहीका लागि चासो नदेखाएपछि नाम सार्वजनिक गर्न आयोगका केही पदाधिकारीले प्रयास गरे पनि सो प्रक्रिया अझै टुंगिएको छैन ।

भैरवनाथ गणबाट ४९ जना बन्दी बेपत्ता प्रकरणमा तत्कालीन सेनापति प्यारजंग थापासहित सेनाका ३३ जना जिम्मेवार अधिकारलाई कारबाहीका लागि सिफारिस भए पनि कार्यान्वयन भएको छैन । यो समाचार आजको राजधानी दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: