बहिनी बलात्कार गर्ने दाजु पक्राउ « Nagarik Khabar

बहिनी बलात्कार गर्ने दाजु पक्राउ



दमौली । नातामा बहिनी पर्ने एक बालिकामाथि युवकले बलात्कार गरेका छन्।बलात्कार गरेको अभियोगमा घिरिङ ४ गड्यौलीका २५ वर्षका माधव कुमाललाई प्रहरीले पक्रेको छ ।

उनले आफ्ना साना बालबालिकाको हेरचाहसँगै पठनपाठनका लागि भनेर १२ वर्षीया बालिकालाई घरमा राखेका थिए। नाताले बहिनी पर्ने ती बालिकामाथि कुमालले बलात्कार गरेको प्रहरीले जनाएको छ।

ती बालिका स्थानीय महेन्द्रज्योती माविमा पढ्छिन्। उनी दाइका साना बालबालिकालाई सघाउन त्यहींबाटै विद्यालय जाने आउने गर्ने गरेकी थिइन्।दुई वर्षयता बस्दै आएकी उनीमाथि गत मंगलबार राति कुमालले बलात्कार गरेका थिए ।वैदेशिक रोजगारीका क्रममा भारत रहेका कुमाल पाँच महिनाअघि मात्र घर आएका थिए। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकासित भएको छ ।

घटनापछि दुई दिनसम्म बालिका विद्यालय नजान नसकेपछि परिवारले खोजी गरेका थिए। उनी घटनापछि दाजुको घर छाडेर आफ्नै घर गएकी थिइन्।उनको घर र दाजु पर्नेको घर तीन मिनेटको दूरीमा छ दिनभर सुतेर विद्यालय नगएपछि सुरुमा आमाले सोध्दा बालिकाले केही नभएको बताएकी थिइन्। तेश्रो दिन विद्यालय गएर आए पनि उनी बिरामीजस्तो देखिएपछि सोध्दा आफूलाई कुमालले बलात्कार गरेको उनले आमासँग बताएकी थिइन्।

हाल प्रहरी हिरासतमा रहेका उनीविरुद्ध बलात्कार अभियोगमा मुद्दा चलाउन म्याद लिएर प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: