यस्तो छ आजको मौसमः काठमाडौमा हल्का बर्षा, पहाडमा चट्याङ, तराईमा हावाहुरी « Nagarik Khabar

यस्तो छ आजको मौसमः काठमाडौमा हल्का बर्षा, पहाडमा चट्याङ, तराईमा हावाहुरी



 

काठमाडौं । आज दिउँसो देशका विभिन्न भागमा हावाहुरीसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । सो शाखाका अनुसार काठमाडौ उपत्यकामा हल्का वर्षा हुनेछ भने पहाडी भेगमा चट्याङ पर्ने संभावना रहेको छ । त्यस्तै तराईका विभिन्न भागमा हावाहुरी आउने संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरणः

वैशाख ३० गते (सोमबार)

दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ । पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केहि स्थानहरूमा र पूर्वी तराईमा हावाहुरी को सम्भावना छ।

राति देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका पहाडी भूभागहरू र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३१ गते (मंगलबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

जेष्ठ ०१ गते (मंगलबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।रातिस्देशभरि आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: