टिपरले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुईको मृत्यु « Nagarik Khabar

टिपरले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुईको मृत्यु



जनकपुर । महोत्तरीको बर्दिवास नगरपालिका५, माइस्थान चोकमा सोमबार बिहान ट्रक र टिपर ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

ना६ख ३०२० नम्बरको रोकिराखेको ट्रकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा५ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुबै गाडीका सहचालकको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ। मृत्यु हुनेको नाम र ठेगाना खुलेको छैन। दुबै चालकलाई सामान्य चोटपटक लागेकोले बर्दिवासस्थित राजमार्ग अस्पतालका उपचार भइरहेको बर्दिबासस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: