जनप्रतिनिधिकै घरमा छैन खुला शौचालय « Nagarik Khabar

जनप्रतिनिधिकै घरमा छैन खुला शौचालय



बुटवल । प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तुका पाँच स्थानीय तह मात्र खुला दिसामुक्त घोषणा हुन बाँकी छन्। कपिलवस्तुका कृष्णनगर, कपिलवस्तु नगरपालिका तथा यशोधरा र शुद्धोधन गाउँपालिका खुला दिसामुक्त भएका छैनन्।

महाराजगन्ज नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणाको तयारी छ। कपिलवस्तुमा ५ हजार ६ सय शौचालय बनाउन बाँकी छ। कृष्णनगर–१, ४ र ११ मा जनप्रतिनिधिकै घरमा शौचालय नभएको समाचार आजको अन्नपूर्ण पोस्टको पृष्ठ ५ मा छापिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रूपन्देहीका प्राविधिक ईश्वरीप्रसाद आचार्यले कपिलवस्तुलाई असोजभित्र खुला दिसामुक्त बनाउने अभियान चलिरहेको बताए।

प्रदेश मातहतको कार्यालयमा बजेट भने शून्य छ। प्रदेशले आगामी वर्षभित्र प्रदेशलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने जनाएको छ। तर, सरसफाइको क्षेत्रमा बजेट छुट्याइएको छैन।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: