काठमाडौं । नायिका करिष्मा मानन्धरको घर परिसमा रहेको रुखमा आइतबार चट्याङ परेको छ । आइतबार अपरान्न मेघ गर्जनसहित हावा हुरी चलिरहेका बेला घर नजिकैको रुखमा चट्याङ परेको हो ।
करिष्माले आफ्नो सामाजिक सञ्जाल फेसबूकमा चट्याङले घरको एउटा रुखमा क्षति पुर्याएको भिडियो शेयर गरेकी छिन् ।
सो भिडियोमा चट्याङले रुखमा क्षति पुर्याएको देखिन्छ । रुखलाई चट्याङले चिरेको छ ।
उनले भिडियोमा रुख चिरिएको देखाउँदै कहाँ हुन्छ चट्याङ भनेकी छिन् । चट्याङबाट मानवीय क्षति भने भएको छैन ।
भिडियो हेर्नुहोस्ः