त्रिशुलीमा भ्यान खस्दा तीन जना घाइते « Nagarik Khabar

त्रिशुलीमा भ्यान खस्दा तीन जना घाइते



काठमाडौं । धादिङको बेनिघाट रोराङ गाँउपालीका ९ ज्यामिरेघाटमा आज बिहान भ्यान अनियन्त्रित भएर त्रिशुली नदीमा खस्दा भ्यानमा सवार ३ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौतर्फ आइरहेको भ्यानमा रहेका चालक कास्कीको लेखनाथ उपमहानगरपालीका १४ बस्ने ३६ बर्षीय दान बहादुर दाहाल, भ्यानका परिचालक गोर्खाको गण्डकी गाँउपालीका ४ का २१ बर्षीय सुदिप सापकोटा र सिन्धुली घर भई हाल दमौली बस्ने ४० बर्षीया दुर्गा राना घाईते भएका हुन ।

घाइते मध्य चालक दाहाल र भ्यान सवार रानाको अवस्था भने गम्भिर रहेको छ । उनीहरुलाई उपचारको लागी गजुरी तर्फ पठाइएको छ भने परिचालकको स्थानीय अस्पतालमै उपचार भैरहेको छ ।

पोखरा बाट काठमाडौं तर्फ आउदै गरेको ग१क ४१ ५७ नम्बरको आईसक्रिम बोकेको भ्यान आज बिहान सवा ४ बजे, अनियन्त्रित भएर सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो ।

भ्यान सहित पानीमा डुबेका घाइतेहरुलाई प्रहरीले उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: