नेपाली बालक तस्करीको आरोपमा कोरियन गायिका पक्राउ « Nagarik Khabar

नेपाली बालक तस्करीको आरोपमा कोरियन गायिका पक्राउ



काठमाडौं । नेपाली बच्चा तस्करीको आरोपमा कोरियन गायिका पक्राउ परेकी छिन । नेपाली बच्चालाई आफ्नो बच्चा भन्दै कोरिया लैजान लागेकी ४३ वर्षीया नारा किन पक्राउ परेकी हुन ।

पोखरा बस्ने एक गरिब नेपालीदम्पतीको १४ महिनाको बच्चालाई उनले आफ्नो बच्चा भन्दै कोरिया लैजाने प्रयास गरेकी थिइन । कोरियाको पासपोर्ट बनाएर भिसाका लागि अध्यागमन विभाग पुगेपछि रहस्य खुलेको हो ।

‘यसमा संगठित समूह नै छ कि भन्ने हाम्रो आशंका छ,’ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी सुदीप गिरीले भने, ‘नक्कली कागजपत्रका आधारमा नेपाली बच्चालाई उनले आफ्नो बच्चा बनाएर पासपोर्ट बनाएकी छिन ।’ काठमाडौंस्थित कोरियन दूतावासले नक्कली कागजपत्रकै आधारमा पासपोर्ट बनाइदिएको थियो ।

पोखराको एक अस्पतालमा बच्चा जन्माएको भनेर उनले नक्कली कागजपत्र बनाएको अनुसन्धानमा खुलेको छ । ‘प्रसूतिसम्बन्धी सेवा नै नभएको अस्पतालमा बच्चा जन्मिएको कागज बनाएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘त्यसैका आधारमा पोखरा महानगरपालिकाका उपसचिवले उनी कोरियनकै बच्चा भनेर सिफारिस गरेका छन ।’ नक्कली कागजपत्र बनाएर बच्चा तस्करी गर्न उनलाई सघाउने गिरोहमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: