दोलखा उद्योग वाणिज्य संघमा काँग्रेस सर्मथक श्रेष्ठ निर्वाचित « Nagarik Khabar

दोलखा उद्योग वाणिज्य संघमा काँग्रेस सर्मथक श्रेष्ठ निर्वाचित



 

दोलखा । दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली काँग्रेसले सर्मथन गरेको लोकतान्त्रिक समूहका इन्द्रबहादुर श्रेष्ठ बहुमत सदस्य सहित बिजयी भएका छन् । संघको २२ औँ साधारणसभा तथा अधिवेशनले श्रेष्ठ प्यानलका बहुमत सदस्य निर्वाचित भएका हुन । कुल खसेको मतमा श्रेष्ठले चार सय तीन मत प्राप्त गरे भने प्रतिद्वन्द्वी उम्मेद्वार प्रगतिशिल समुहका सुन्दर कार्कीले तीन सय ६७ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरोज उप्रेतीले जानकारी दिए । कार्की प्यानललाई नेकपाले सर्मथन गरेको थियो ।

उद्योगी र हार्डवेयर व्यापारी श्रेष्ठ यसअघिको निर्वाचनबाट महासचिवमा विजयी भएका थिए । । कार्की भने यसअघिका अध्यक्ष थिए । निवर्तमान अध्यक्ष कार्कीले भनेजस्तो काम गर्न नसकेको गुनासो आएको थियो ।हाल श्रेष्ठ प्यानलबाट सदस्य पदमा दिनेश थापा, हेमराज रिमाल, सनत थापा, देवकृष्ण थापा, गणेश विक्रम साही, विमल श्रेष्ठ निर्वाचित भएका छन् ।

महिला सदस्यमा अनिता श्रेष्ठ, आरक्षण सदस्यमा नवराज रिजाल र एसोसियट्स सदस्यमा कृष्णबहादुर श्रेष्ठ पनि श्रेष्ठ प्यानलबाटै विजयी भएका छन् । जम्मा १६ सदस्यीय कार्यसमितिको निर्वाचन भएकोमा श्रेष्ठ प्यालनका १० जना निर्वाचित भएका हुन भने कार्की प्यानलबाट दिनेश बस्नेतले चार सय सात मत ल्याई सदस्यमा विजयी भएका छन् । यसैगरी सोही प्यानलकाट बलराम थापा, श्यामकाजी कायस्थ, हिमाल न्यौपाने, दिनेश पाठक र सुरेश उप्रेती सदस्य पदमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: