ब्रुना पनि विवाह अघि आमा बन्दै (बोल्ड तस्विरसहित) « Nagarik Khabar

ब्रुना पनि विवाह अघि आमा बन्दै (बोल्ड तस्विरसहित)



एजेन्सी । नायिका ताथ मोडल ब्रुना अब्दुल्लाह विवाह अघि नै आमा बन्न लागेकी छिन् । ब्रुना ब्राजिलियन मोडल हुन् । उनले थुप्रै हिन्दी फिल्ममा काम गरिसकेकी छिन् ।

ब्रुनाले गत वर्षको जुलाईमा बेलायती प्रेमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी थिइन् । एक अन्तरवार्तामा ब्रुनाले आफू गर्भवती भएको बताएकी छिन् । ब्रुना पाँच महिनाकी गर्भवती हुन् ।

विवाह प्रेमलाई दिइने एउटा प्रमाणपत्र मात्र भएको बताउने ब्रुनाले बिवाहलाई अपरिहार्य ठान्दिनन् । विवाहै नगरी सँगै बस्न सकिने उनको तर्क छ ।

यसअघि बलिउड नायिका एमी ज्याकसन पनि बिवाहअघि नै आमा बनेकी थिइन् । 

ब्रुनाले हेट लभ स्टोरी, ग्रान्ड मस्ती, मस्तीजादे र क्यासलगायतका बलिउड फिल्ममा काम गरिसकेकी छिन् । उनले विभिन्न रियालिटी शोमा पनि काम गरेकी छिन् । ब्रुनाले खतरोंका खिलाडी, नच बलिए सिजन सिक्स र कमेडी क्लासेजमा काम गरेकी छिन् ।

हेर्नुहोस् ब्रुनाका बोल्ड तस्विरहरुः

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: