लागुऔषध खैरो हेरोइनसहित दुई युवा पक्राउ « Nagarik Khabar

लागुऔषध खैरो हेरोइनसहित दुई युवा पक्राउ



काठमाडौं । काठमाडौंको चाबहिलबाट दुई जना युवा लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कपनको टोलीले खोटाङको तुवाचुङ ५ घर भएका २६ वर्षीय सुरेश राई र ३० वर्षीय बबिन राईलाई पक्राउ गरेको हो । खोटाङ घर भए पनि सुरेश काठमाडौंको मुलपानी र बबिन काठमाडौंकै बालुवाटार बस्दै आएका थिए ।

महानगरीय प्रहरी कपनवाट टोली परिचालन भएको थियो । कपन प्रहरीको टोलीले उनीहरुलाई जाँच गर्दा आठ ग्राम खैरो हिरोइन २५ वटा पोकामा फेला पारेको थियो । उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको कपन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: