सभामुख महराको प्रतिवद्धता: ‘मिडिया सम्बन्धी विधेयक प्रेस मैत्री बनाउन पहल गर्छु’ « Nagarik Khabar

सभामुख महराको प्रतिवद्धता: ‘मिडिया सम्बन्धी विधेयक प्रेस मैत्री बनाउन पहल गर्छु’



काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेस मैत्री बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिलका पदाधिकारीसँग छलफलका क्रममा महराले विधेयक प्रेस मैत्री बनाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका हुन ।
सभामुख महराले प्रेस जगतको चासो सम्बोधन गर्ने गरी आफूले संसदीय समिति र प्रतिनिधिसभामा पहल गर्ने बताए । उनले अन्य क्षेत्रमा पनि ध्यानाकर्षण दिने गरी सकारात्मक पहल थाल्न सुझाव समेत दिए ।
भेटवार्ताका क्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले विधेयकमा भएको दण्ड सजायको प्रावधानले पत्रकारले स्वतन्त्र पूर्वक लेख्न नसक्ने बताएका थिए । सरकारले प्रेसलाई नियन्त्रण गर्ने गरी विधेयक ल्याएकाले त्यसका केही प्रावधान नसच्चिएसम्म आफूहरूको आन्दोलन अगाडी बढ्ने आचार्यले बताए । संविधानको मर्म र भावना विपरीत सरकार अगाडी बढेकाले आफूहरूले सिङ्गो संसद्को ध्यानाकर्षण गराउन खोजेको उनले जानकारी दिए ।
महासङ्घले नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लएर अर्को मस्यौदा बनाउन माग गर्दै चरणवद्ध आन्दोलन थालेको छ ।

महासङ्घले सोमवार दिउँसो राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि ज्ञापनपत्र बुझाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: