बैजनीमय काठमाडौँ (फोटो फिचर) « Nagarik Khabar

बैजनीमय काठमाडौँ (फोटो फिचर)



काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा अहिले बैजनी रङ्गको फुल ज्याकारान्डा फुलिरहेको छ । आन्तरिक मात्र नभएर नेपाल घुम्न आएका बाह्य पर्यटक समेत आकर्षित भएका छन् । युवा पुस्ता खास गरी टिनएजरहरुले फोटो सुटका लागि ज्याकारान्डाको रुख आसपासको क्षेत्र रोज्न थालेका छन् ।

काठमाडौँको थापाथली, रत्नपार्क, दरबारमार्ग, भृकुटीमण्डप, घण्टाघर लगायतका क्षेत्रमा अहिले बैजनी रङ्गको फुल ज्याकारान्डा फुलिरहेको छ । नेपालमा केही दशकअघि यो फुलको बिरुवा विदेशबाट ल्याइएको हो । अहिले भने बिस्तारै यसले सहर ढाक्न थालेको छ ।

चैतदेखि बिस्तारै फुल्ने ज्याकारान्डा जेठसम्म फुल्छ । सहरको हरियालीका लागि झन्डै ३ दशकअघि यो फुलको बिरुवा काठमाडौँ भित्राइएको थियो । पछिल्लो समय बैजनी रङले सहर आकर्षित देखिन थालेपछि ज्याकारान्डाका बिरुवा रोप्ने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: