सलमान खानका कारण नाम परिवर्तन गरेकी सुन्दरी « Nagarik Khabar

सलमान खानका कारण नाम परिवर्तन गरेकी सुन्दरी



एजेन्सी । बलिउड सुन्दरी कियारा आडवाणीले आफ्नो वास्तविक नाम परिवर्तन गरेको खुलासा गरेकी छन् । हालै ‘फिट अप विद द स्टार्स सिजन २’ को एक श्रृंखलामा कियाराले यसको खुलासा गरेकी हुन् ।

आलिया भट्टका कारण आफूले नाम परिवर्तन गरेको कियाराले बताइन् । नाम परिवर्तन गर्न सलमान खानले सुझाव दिएको उनको भनाइ छ । आफ्नो खास नाम आलिया रहेको उनले जानकारी दिइन् ।

तर, नायिका आलिया भट्टका कारण सलमानले उनलाई बलिउडमा एकै नामका दुई अभिनेत्री हुन नसक्ने भन्दै नाम परिवर्तन गर्न सुझाव दिएका हुन् । आफ्नो दोस्रो नाम कियारा भने उनी आफैले राखेकी हुन् ।

२०१४ मा फिल्म ‘फुगली’ बाट करियरको सुरुवात गरेकी कियारा ‘एमएसधोनीः द अनटोल्ड स्टोरी’, ‘मशिन’, ‘लस्ट स्टोरिज’, ‘कलंक’ ‘भारत आने नेनु’, ‘विनया विधेया रामा’ जस्ता विभिन्न तेलुगु फिल्ममा काम गरिसकेकी छिन् । कियारा ‘गुड न्यूज’, ‘कबिर सिंह’, ‘शेरशाह’ र ‘कंचना’ को रिमेकमा पनि देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: