लिभरपुललाई उपाधि अझै टाढा « Nagarik Khabar

लिभरपुललाई उपाधि अझै टाढा



लण्डन । लिभरपुलले आइतबार भएको खेलमा वल्भरह्याम्पटन वन्डरर्सलाई २–० गोलले पराजित ग¥यो । यससँगै यो सिजन इङ्लिस प्रिमियर लिगको उपाधिका लागि आफूले गर्नुपर्ने काम पुरा गरेको थियो ।

तर, सँगै भइरहेको अर्काे खेलमा म्यानचेस्टर सिटीले ब्राइटोनलाई ४–१ गोलले पराजित गरेपछि लिभरपुलको उपाधि सपना चकनाचुर भयो । लिभरपुल पछिल्लो २९ वर्षयता इङ्लिस प्रिमियर लिग उपाधिको निक्कै नजिक पुगेर रोकिएको हो । सन् १९९० मा घरेलु लिगको उपाधि जिते यता लिभरपुल फेरी च्याम्पियन बन्न सकेको छैन ।

उपाधि विजेता म्यानचेस्टर सिटीको टोली । तस्वीर : एजेन्सी

लिभरपुल उपाधि प्रतिस्पर्धामा म्यान सिटीसँग मात्रै एक अंकले पछि प¥यो । लिभरपुलले यो सिजन मात्रै एक खेलमा पराजय बेहोरेको थियो । त्यही पराजय लिभरपुलका लागि उपाधि यात्रामा बाधक बन्यो । लिभरपुलले ३८ खेलबाट ९७ अंक बनायो, जुन इङ्लिस प्रिमियर लिगको उपविजेता टोलीले बनाएको अहिलेसम्मकै सर्वाधिक अंक हो ।

लिभरपुललाई उपाधि जित्न आइतबारको खेलमा वल्भरह्याम्पटनलाई पराजित गरेर मात्रै पुग्ने थिएन, अर्काे खेलमा म्यान सिटीले कम्तीमा बराबरी खेलेको हुनुपर्ने यिथो । यद्यपि आफूले जित हात पारे पनि अर्काे खेलमा जितसहित साविक विजेता म्यान सिटीले उपाधि रक्षा ग¥यो ।

लिभरपुलको जितमा साडियो मानेले दुई गोल गरेका थिए । मानेले दुवै गोल टे«न्ट एलेस्यान्डर–आर्नाेल्डको पासमा गरेका थिए । अर्काे खेलमा म्यान सिटी खेलको ३८औं मिनेटसम्म १–१ गोलको बराबरीमै रोकिदासम्म लिभरपुलको उपाधि जित्ने सम्भावना बलियो थियो । यद्यपि त्यसपछि तीन गोल थप्दै सिटीले लिभरपुलको सपना चकनाचुर बनाएको हो ।

उपाधि विजेता म्यानचेस्टर सिटीको टोली । तस्वीर : एजेन्सी

लिभरपुल घरेलु लिग उपाधि जित्न असफल रहे पनि युरोपियन च्याम्पियन्स लिगको उपाधि होडमा भने अझै कायम रहेको छ । लिभरपुलले युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि आगामी जुन एक तारिख हुने फाइनल खेलमा घरेलु टोली टोट्टनहाम हर्टस्परसँग खेल्दै छ । च्याम्पियन्स लिगको उपाधि जितेको अवस्थामा समेत लिभरपुलले यो सिजन सफल रुपमा अन्त्य गर्ने छ ।

घरेलु लिगमा सिटीले गत जनवरी तीनमा म्यान सिटीविरुद्व उसकै मैदानमा पराजित हुनु भन्दा अन्य खेलमा पराजय बेहोरेको थिएन । साथै मार्च तीनमा एभर्टनसँग गोलरहित बराबरी खेले यता कुनै पनि टोलीसँग अंक बाढेको थिएन ।

लिभरपुललाई यो सिजन घरेलु र युरोपियन क्लब फुटबलमा सशक्त रुपमा प्रस्तुत गर्न मुख्य भूमिका खेलेका स्ट्राइकर मोहम्मद सलाह केही निराश देखिए ।

‘हामीले पुरा सिजनभरि नै मात्रै एक खेलमा पराजित भएका हौं’, स्ट्राइकर सलाहले भने, ‘मैदानमा हामीले टोलीका लागि सबै दिएर खेल्यौं । त्यसबाट ९७ अंक जोड्न सफल भयौं । तै पनि उपाधि सम्भव भएन । अव अर्काे सिजन उपाधिका लागि प्रयास गर्ने छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: