पत्रकार पन्थीको कम्पन न्यूयोर्कमा लोकार्पण « Nagarik Khabar

पत्रकार पन्थीको कम्पन न्यूयोर्कमा लोकार्पण



न्यूयोर्क । पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पनको दोश्रो संस्करण न्यूयोर्कमा लोकार्पण गरिएको छ । न्यूयोर्कको ज्याक्सनहाइटमा रहेको मुस्ताङ थकाली किचनमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो ।

नेपाल सरकारका महावाणिज्यदूत पुष्पराज भट्टराई, वरिष्ठ पत्रकार किशोर नेपाल, कम्पनका पात्र तथा सामाजिक अभियन्ता डा.बिष्णुमाया परियार, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, कानुनविद् तथा पुस्तकका पात्र खगेन्द्र जीसी र सामाजिक व्यक्तित्व डाक्टर विनोद शाहले पुस्तकको लोकार्पण गरे।
कार्यक्रमका वक्ताहरुले पुस्तक नेपालको महाभूकम्पको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्दै पुस्तकका लेखकलाई शुभकामना दिए । पहिलो संस्करण काठमाडौंमा विमोचन गरिएको थियो ।

भूकम्पका पीडित, भूकम्पपछिको उद्दार र राहतमा खटिनेहरु, भूकम्पबाट बाँच्न सफल हुनेहरु लगायतका रोचक स्मरणहरु पुस्तकमा समेटिएको पत्रकार एवं पुस्तकका लेखक पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: