कहिले, कसरी र कहाँ बन्यो पानीपुरी ? « Nagarik Khabar

कहिले, कसरी र कहाँ बन्यो पानीपुरी ?



काठमाडौं । सडक खानेकुराबारे प्रसंग आउँदा गोलगप्पा वा पानीपुरी छुट्दैन । शहरका हरेक चोकमा पानीपुरी खानका लागि मान्छेको घुइँचो लाग्ने गर्दछ ।

पानीपुरी देख्नेबित्तिकै आममानिसको मुखबाट पानी निस्कन्छ । मैदा, आलु, मटरकोशा, चनालगायतको मिश्रणबाट बनाइएको हुन्छ पानीपुरी । तर, धेरैलाई पानीपुरी पहिलो पटक कहाँ र कसरी बन्यो भन्ने जानकारी छैन ।

गोलगप्पेको नामबाट चर्चित पानीपुरी भारतको झारखण्ड, ओडिसा, छत्तीसगढ र बिहारमा गुपचुप नामले चिनिन्छ । जबकि भारतकै मध्यप्रदेशमा फुल्की भनिन्छ । यस्तै, महाराष्ट्रमा पुरीबताशा तथा गुजारातमा पानीपुरी भनिन्छ । राजस्थान र उत्तर प्रदेशका केही भागमा पताशी नामले चिनिन्छ । बंगाल तथा बंगलादेशमा भने पुच्का गरिन्छ ।

लखनउमा पाँच अलग–अलग स्वादका पानीको स्वाद अत्यन्तै प्रसिद्ध रहेको छ । यहाँ पानीपुरी अमचुरको बनाइन्छ ।

गुजरातमा रोटीलाई फुल्की भनिन्छ । तर, उत्तर प्रदेश तथा नेपालको केही भागमा गोलगप्पेलाई फुल्की भन्दछन् । मध्य प्रदेशको होशंगाबादमा पानीपुरीलाई टिक्की भन्दछन् ।

यो त भयो गोलगप्पेका नाम । तर मुख्य प्रश्नको उत्तर अझै बाँकी छ । पानीपुरी सबैभन्दा पहिले कहिले बन्यो ?

गोलगप्पाको कथा अलग–अलग छ । तीमध्ये तीन कथन प्रचलित छन् । यसमा महाभारत र शाहजहाको पनि उल्लेख गरिएको छ ।

पहिलो कथन : गोलगप्पासँग प्रचलित मुख्य कथन यस्तो छ । द्रोपती जब आफ्ना पतिसँग घर आइपुगिन् तब कुन्तीले उनलाई पाण्डवका लागि केही बनाउन लगाइन् ।

त्यसपछि द्रोपतीले आफ्नो कलाबाट पानीपुरी (गोलगप्पा) बनाइन् । त्यसलाई खाएर पाण्डव पनि खुशी भए । त्यसपछि कुन्तीले द्रौपदीलाई अमरताको वरदान पनि दिएकी थिइन् ।

दोस्रो कथन : ग्रिक इतिहासकार Egasthenes र चिनियाँ बौद्धयात्री Faxian र Xuanzang का किताबमा उल्लेख भएअनुसार पानीपुरी सबैभन्दा पहिले गंगा नदीको किनारमा बसेका मगध साम्राज्यको पालामा बनाइएको थियो ।

त्यहाँ अन्य स्थानीय खाद्य पदार्थ तयार भइरहेको थियो । तीमध्ये पिठो, तुल्वा, चिवाडा आदि थिए । प्राचीन मगध अहिले बिहार नामले परिचित छ ।

तेस्रो कथन : केही मानिसहरुको विश्वास छ, गोलगप्पाको शुरुवात बनारसमा भएको हो । सन् १९७० मा दिल्लीबाट बालबालिकाका लागि एक पत्रिका प्रकाशित हुन्थ्यो । त्यो पत्रिकाको नाम ‘गोलगप्पा’ राखिएको थियो ।

अर्को भनाइ पनि छ । मानिसहरु दिल्ली आएर बसोबास गर्न थाले । त्यहाँ चाँदनी चोक भन्ने छ । त्यहीको एक चोकलाई फव्वारा भनिन्छ । शाहजाहको शासनकालमा अहिले त्यहाँ रहेका सडकमा नहर निर्माण भएको थियो । यमुना नदीको पानी शहरमा ल्याउन प्रयोग भएको थियो । शाहनाहबाद (त्यो समयको दिल्ली) को सम्पूर्ण शहरका मानिस एउटै नहरबाट पानी पिउने गर्दथे ।

शाहजाहका छोरी रोशनआराले बनबाईको झरना बनाए । एक समय केही कारण नहरको पानी फोहोर भयो । फोहोर पानीका कारण त्यस क्षेत्रका मानिसहरु बिरामी भए ।

मानिसहरु बिरामी भएपछि रोशनआराले शाही हाकिमलाई बिरामी मानिसहरुका लागि नुस्खे तयार गर्न लगाए । हाकिमले मानिसहरुका लागि नुस्खे तयार गरे । बिरामी मानिसहरु निको भए त्यसमध्येका एक जनाले नुस्खेलाई बनाए । उसले आटाका सानो पुरीमा भरेर खान थाले । यसरी गोलगप्पे बनाउन थाल्यो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: