सवारी दुर्घटनामा पश्चिम नवलपरासीमा दुई जनाको मृत्यु « Nagarik Khabar

सवारी दुर्घटनामा पश्चिम नवलपरासीमा दुई जनाको मृत्यु



नवलपरासी । पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा सोमबार भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको मृत्यु गएको हो ।

ट्राफिक प्रहरी कार्यालय परासीका अनुसार बिहान ७ः४५ बजेको समयमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको लु १ ख ७७११ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको हो । दुर्घटनामा परी पैदलयात्री सरावल–५ की नौ वर्षीया प्रिती यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी रामग्राम–१२ कशिया चोकमा बिहान ११ बजे परासीबाट भूमहीतर्फ एउटै दिशाबाट जाँदै गरेका दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेका ना ३२ प ९०१३ र ना २९ प ५६४७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा ना २९ प ५६४७ नम्बरको मोटरसाइकलका चालक करिब २४ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: