फेसबुक र ट्वीटर श्रीलंकामा प्रतिबन्ध « Nagarik Khabar

फेसबुक र ट्वीटर श्रीलंकामा प्रतिबन्ध



एजेन्सी । श्रीलंकाले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । इस्टर पर्वमा बम आक्रमणको घटनापछि सरकारले समाजिक सञ्जालमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
श्रीलंका सरकारले अस्थायी रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ । घटनापछि ठाउँ ठाउँमा हिँसात्मक घटना हुनसक्ने भन्दै सरकारले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सामाजिक सञ्जालबाट फैलिएको गलत हल्लाका कारण मुसलमान समुदाय र अन्य समुदायबीच दुरी बढ्न थालेपछि सरकारी अधिकारीले यस्तो निर्णय लिएका हुन । सामाजिक सञ्जाल माफृत हिंसा भड्काउन सहयोग गरेको आरोपमा सुरक्षाकर्मीले केहीलाई पक्रेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: