बाग्लुङ समाज पोर्चुगलले पञ्चे बाजासहितको वनभोज गर्ने « Nagarik Khabar

बाग्लुङ समाज पोर्चुगलले पञ्चे बाजासहितको वनभोज गर्ने



लिस्वन। बाग्लुङ समाज पोर्चुगलले आफ्नो पहिलो कार्यक्रम अन्तर्गत ग्रिश्मकालिन पार्टी तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । पुनर्गठित बाग्लुङ समाजले पोर्तुगलमा छरिएर बसेका बाग्लुङेलाई एकीकृत गर्दै भेट्घाट मार्फत आपसी चिनजान सामाजिक सदभाव, अन्तरक्रिया र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो ।

पार्टी मे २६ तारिख २०१९ आईतवार लिस्बनमा रहेको बेलाबेस्ता पार्कमा हुनेछ । बार्बिक्यु पार्टी, पञ्चे बाजा, लोकदोहोरी लगायतको सांगितिक कार्यकम पनि समावेश हुने समाजले जनाएको छ । कार्यक्रममा बेल्जियम निवासी पुराना चर्चित गायक दुर्गा काजी शाक्य पनि उपस्थित हुने समाजका अध्यक्ष प्रेम बहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा ५ सय बाग्लुङेको जमघट हुने अनुमान गरिएको छ ।
बाग्लुङ समाजको पुनर्गठन पश्चात अध्यक्ष प्रेम खड्काको अध्यक्षतामा आईतवार बसेको पहिलो कार्यसमिती बैठकले समर पार्टीको आयोजना सँगै कार्यसमिती बिस्तार र सांगठनिक संरचना बलियो बनाउने निर्णय गरेको थियो ।
बैठकले पोर्तुगलमा रहेका अग्रज, वरिष्ठ व्यक्तित्व तथा समाजसेवीलाई संरक्षक र सल्लाह्कारमा चयन गरेको छ ।
समाजले सचिवालय अर्को बैठक मार्फत निर्माण गर्ने निर्णय गरेको छ । रकम संकलनका लागि रसीद बनाउने, समाजको लोगो लेटरप्याड लगायतका आवश्यक कागज बनाउने जिम्मा अध्यक्ष खड्कालाई दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: