सुगाको मस्तिष्क शल्यक्रियामा यसरी मिल्यो सफलता « Nagarik Khabar

सुगाको मस्तिष्क शल्यक्रियामा यसरी मिल्यो सफलता



एजेन्सी । विज्ञान प्रविधिले संसारलाई छिटो-छिटो जोड्ने काम मात्र गरेको छैन, प्राकृतिक क्षेत्रमा एकपछि अर्को गर्दै सफलता पनि प्राप्त हुन थालेको छ ।

जीव जन्तु मात्र होइन पंक्षी जगतमा पनि वैज्ञानिकहरूले विशेष काम गर्न थालेका छन् । हालै मात्र पहिलो पटक सुगाको मस्तिष्कको सफल शल्यक्रिया सम्पन्न भएको छ । लोपउन्मुख पंक्षी काकापो (मोटो सुगा)को न्यूजिल्याण्डमा मस्तिष्कको सफल शल्यक्रिया गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अँध्यारो भएपछि आँखाले प्रस्ट देख्न सक्ने क्षमता भएको  काकापो (विश्वकै  मोटो सुगा ) न्यूजिल्याण्डमा मात्र पाइन्छ । संसारका अन्य देशबाट यो काकापो लोप भैसकेको छ । चराविद्हरूले मोटो सुगा लोप हुनुमा मानवीय कारण रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संस्था आइयुसिएनले काकापोलाई खतराको सूचीमा सूचिकृत गरेको छ । संसारका अन्य देशबाट लोप यो पंक्षी न्यूजिल्याण्डमा पाइन्छ । त्यहाँ पनि संख्या घट्दै गएको छ । न्यूजिल्याण्डमा मात्र पाइने भएकाले यसलाई त्यहाँको सरकारले कोडशिप सामुन्द्रीक क्षेत्रमा विशेष संरक्षण क्षेत्र बनाएर संरक्षणको प्रयास थालेको छ । यो क्षेत्र न्यूजिल्याण्डको दक्षिणमा पर्छ ।

कसरी भयो शल्यक्रिया ?

न्यूजिल्याण्डको दक्षिणमा अस्पाई वानबी (मोटोसुगा)को नाम गरेको सुगाको टाउकोमा समस्या देखियो । उसको टाउकोका हाडको विकासमा समस्या देखियो । संरक्षित क्षेत्र भएकाले अनुसन्धानकर्ताले त्यसको लामो समयदेखि अनुगमन गरिरहेका थिए । ५६ दिनको सुगाको टाउकोको हाड विकास नभएपछि शल्यक्रिया गर्ने तयारी भयो ।

न्यूजिल्याण्डको मास्से विश्व विद्यालय अन्तरगतको वाईल्ड बेस अस्पतालमा सुगाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको विश्व विद्यालयले जनाएको छ । अस्पतालका प्रा. डा. ब्रेट गारट्रेलले डुनीदुन वाईल्डलाईफ अस्पतालमा गरेको सिटी स्क्यान पश्चात् मस्तिष्कको छालामा पातलो टिस्यु देखिएको जानकारी दिए ।

राष्ट्रिय ध्वजाबहाक जहाजबाट अस्पताल लगियो

सुगालाई मेनिङ्गोइनसफलोसोइल अर्थात् टाउकोका हाडहरू नखुलेको र यसले अस्पाईको वृद्धिविकासमा समस्या देखिएको चिकित्सकले जनाएका छन् । अहिले सफल शल्यक्रियाबाट समस्या समाप्त भएको छ ।

संसारमा अहिले मोटो सुगा काका पोको सङ्ख्या १ सय ४४ मात्र छ । सङ्ख्या घट्दै जान थालेकाले यसको उपचारमा न्यूजिल्याण्डले प्रभावकारी कमद चाल्यो । अहिलेसम्म संसारमै नभएको प्रयास न्यूजिल्याण्डले सफलतापूर्वक सम्पन्न गरेको छ ।

न्यूजिल्याण्डका लागि विश्व विद्यालयको भूमिका मुख्य रहेको प्रा. डा. गारट्रेले बताए । उनले भने ‘विश्व विद्यालयले रोग निको पार्नका लागि प्रयास नगरेको भएमा समस्था थप बढ्दै जाने थियो । मेरै नेतृत्वमा हाम्रो टोली सफल भएको छ ।’ अकल्याण्ड चिडियाखाना, वालिङटन चिडियाखाना  समेतको प्रयासमा आफूले शल्यक्रियाको नेतृत्व लिएको उनको भनाई छ ।
शल्यक्रिया गर्दा चिकित्सकहरूले मानिसमा अपनाउने प्रविधिको प्रयोग गरेका थिए । उनीहरूले शल्यक्रियामा मानिस र अन्य स्तनधारीमा प्रयोग प्रविधिको प्रयोग गरेको जनाएका छन् ।

सफल शल्यक्रियाका लागि न्यूजिल्याण्डको राष्ट्रिय ध्वजाबहाक एयर न्यूजिल्याण्डले निःशुल्क अस्पाई वानबीलाई अस्पतालसम्म पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: