सय वर्षमा सत्यमोहन, दीर्घायुको कामना गर्दै रथारोहण « Nagarik Khabar

सय वर्षमा सत्यमोहन, दीर्घायुको कामना गर्दै रथारोहण



काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुरमा नगर परिक्रमासहित सम्मान गरिएको छ । सोमबार १०० वर्षमा प्रवेश गरेका जोशीलाई ललितपुर महानगरपालिकाको आयोजनामा बग्गीमा राखेर नगरपरिक्रमासहित सम्मान गरिएको हो ।

नगरपरिक्रमापछि आयोजित समारोहमा सरकारको तर्फबाट कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले शताब्दी पुरुष जोशीलाई सम्मानपत्र प्रदान गरी सम्मान गरे । नेपालको कला, भाषा, इतिहास, संस्कृति र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सरकारले जोशीलाई सम्मानपत्र प्रदान गरेको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले शताब्दी पुरुष जोशीलाई दोसल्ला समेत ओडाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबहाक प्रधानमन्त्री पोखरेलले जोशीलाई नेपालको जीवन्त सम्पदाको संज्ञा दिए । उनले त्यस अवसरमा जोशीको दीर्घायू र चिरायूको कामना पनि गरे ।

त्यस अवसरमा जोशीद्वारा लिखित ६ वटा पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा शताब्दी पुरुष जोशीले आफूलाई दया, माया गरेर सबैले सम्मान गरेकोमा आभार व्यक्त गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई साकार बनाउन संस्कृतिको विकासमा जोड दिन पनि सबैलाई आह्वान गरे ।

नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनु भएका जोशीको १०० दिन प्रवेशको अवसर पारेर ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक विदा समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: