कार्यकर्तालाई संयमित रहन समाजवादी पार्टीको आग्रह « Nagarik Khabar

कार्यकर्तालाई संयमित रहन समाजवादी पार्टीको आग्रह



काठमाडौं । समाजवादी पार्टी, नेपालले आफ्ना अध्यक्ष उपेन्द्र यादवलाई सञ्चारकर्मीले अभद्र व्यवहार गरेको भन्दै छानविनको माग गरेको छ । आईतवार राती लाईभ अन्तर्वार्ताकाक्रममा पत्रकारले आचारसंहिता विपरित प्रश्न सोधेको, अभद्र व्यवहार र पूर्वाग्रही प्रस्तुती देखाएको प्रति पार्टीले आज विज्ञप्ती निकाले ध्यानाकर्षण भएको जनाएको छ ।

उपप्रधान तथा स्वास्थ्य मन्त्रीलाई पत्रकारले दुव्यर्वहार गरेको भन्दै पार्टीले घटनाको निन्दा गरेको उपमहासचिव प्रकाश अधिकारीले जनाएका छन् । विज्ञप्तीमा समाजवादी पार्टी नेपालले नेपालको प्रेस स्वतन्त्रता र मर्यादालाई सधैं सम्मान गर्दै आईरहेकोले आईतवारको घटनाका कारणले उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी कार्यकर्तालाई आग्रह समेत गरिएको छ ।

समाजवादी पार्टीका कार्यकर्ताले पर्साको वीरगञ्जमा रहेको एभिन्यूज टेलिभिजनको कार्यालयमा तोडफोड गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: