काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा नतिजा प्रकाशनमा भएको अनियमितता भएको भन्दै अखिल क्रान्तिकारीले आयोग अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लवँ नेतृत्वको पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
उक्न संगठनले प्रकाशित नतिजा खारेज र अनियमितता गर्ने पदाधिकारी तथा कर्मचारीलाई निलम्बनको माग गरेका छन् । उक्त माग पूरा नभएसम्म तालाबन्दी जारी रहने अखिल क्रान्तिकारीकाभ काठमाडौं अध्यक्ष संघर्ष दाहालले जानकारी दिए ।
यस्तो छ माग