काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन फ्रान्स प्रस्थान गरेका छन् ।
फ्रान्सको पेरिसमा हुने वर्ल्ड हाइड्रो कग्रेस २०१९ मा सहभागी हुन मन्त्री पुन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
मे १४ देखि १६ सम्म हुने सम्मेलनमा ७० देशका नीति निर्माता, विज्ञ र लगानीकर्ताहरुको सहभागिता रहेन जनाइएको छ ।