दोलखामा पाँच हजार भूकम्प प्रभावितसँग सम्झौता हुन बाँकी « Nagarik Khabar

दोलखामा पाँच हजार भूकम्प प्रभावितसँग सम्झौता हुन बाँकी



दोलखा । विनाशकारी भूकम्प गएको चार वर्ष वितसक्दा पनि दोलखाका पाँच हजार चार सय ८८ जना भूकम्प प्रभावितहरूसँग अझै अनुदान सम्झौता गर्न बाँकी रहेको छ । जिल्लामा पहिचान भएका ७२ हजार सात सय ८२ भूकम्प प्रभावित मध्ये हाल सम्म ६७ हजार दुई सय ९४ जनासँग अनुदान सम्झौता भएको छ भने पाँच हजार चार सय ८८ जना भूकम्प प्रभावितसँग भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा सम्म अझै अनुदान सम्झौता गर्न बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वधारको कार्यालय दोलखाले जनाएको छ ।

कार्यालयका अनुसार सम्झौता गरिएको ६७ हजार दुई सय ९४ भूकम्प प्रभावित मध्ये हाल सम्म ६३ हजार दुई सय चार जनाले पहिलो किस्ता, ५४ हजार १८ जनाले दोस्रो र ११ हजार एक सय ७५ जनाले तेस्रो किस्ताको रकम लिएका छन् । २ हजार बढी घरलाई निर्माण सम्पन्नताको प्रमाण पत्र समेत उपलब्ध गराई सकिएको छ ।

भूकम्प गएको चार वर्षको अवधिमा जिल्लामा ४४ हजार दुई सय ३५ घरको निर्माण कार्य सकिए पनि हाल सम्म दुई हजार ६ सय ५५ वटा घरले मात्रै निर्माण सम्पन्न भएको प्रमाण पत्र पाएको जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई दोलखाका सूचना अधिकारी भोगेन्द्र कुमार साहले जानकारी दिए । 

विगु गाउँपालिका वडा नम्बर २ ओराङका पाँच सय ५५ र अन्य स्थानीय तहका दुई हजार एक सय गरी दुई हजार छ सय ५५ घरले निर्माण सम्पन्न भएको प्रमाण पत्र लिएका छन् भने जिल्लामा दुई हजार घरको प्रमाण पत्रका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: