काठमाडौंं । दैनिक खानेपानीको माग ४१ करोड लिटर भए पनि काठमाडौंं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले १३ करोड लिटरमात्र वितरण गरिरहेको छ । यो हिसाबले काठमाडौंं उपत्यकामा दैनिक २८ करोड खानेपानीको अपुग देखिएको छ । केयुकेएलको गैरजिम्मेवारीपन र लापरवाहीका कारण उपत्यकाबासी वर्षाैदेखि खानेपानी समस्या भोग्न बाध्य छन्न ।
काठमाडौं–२९ वडा कार्यालय अध्यक्ष कुश ढकाल उपभोक्ताका समस्या देख्दादेख्दै पनि सरकारले ‘अधिकार’ नदिएका कारण समाधान गर्न नसकेको बताउँछन् । ‘खानेपानी वितरणमा धेरै चलखेल हुने गरेको छ,’ उनले भने, ‘चलखेल गरेर हुनेखाने र ठुला भनाउँदाको घरमा मात्र पानी पुगेको छ ।’
उता, काठमाडौंं उपत्यका खानेपानी लिमिटेका प्रवक्ता प्रकाश राई खडेरीका कारण पानीको समस्या आएको बताउँछन् । ‘खडेरीले पानीका मुहान सुक्ने गरेकाले पानीको मात्रा घट्दै गएको छ,’ उनले भने, ‘यसकारण समस्या आएको हो ।’ प्रवक्ता राईका अनुसार काठमाडौंको सहरी संरचना व्यवस्थित नभएका कारण पनि ‘कुनै पनि घरमा आउने र कुनैमा पानी नआउने समस्या हुने’ गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकासित भएको छ ।