बीचमै जागिर छोड्ने क्रम बढेपछि सशस्त्र प्रहरीमा यस्तो नियम « Nagarik Khabar

बीचमै जागिर छोड्ने क्रम बढेपछि सशस्त्र प्रहरीमा यस्तो नियम



काठमाडौं । सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि २० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले वीस बर्ष पुगेपछि मात्र अवकाश प्राप्त प्रमाणपत्र दिन लागिएको हो । केही बर्षयता सेवा प्रवेश गरेको पाँच बर्षपछि नै राजिनामा दिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ ।

अवकाश प्राप्त प्रमाणपत्र वैदेशिक रोजगारीको लागि विश्वासिलो आधारको रुपमा प्रयोग गर्न थालेपछि सशस्त्र प्रहरीले कार्यविधि बनाएर नै प्रमाणपत्र दिने समयसीमा तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: