यौन बार्गेनिङ हुने ठाउँमा प्रहरीको यस्तो अभियान सुरु « Nagarik Khabar

यौन बार्गेनिङ हुने ठाउँमा प्रहरीको यस्तो अभियान सुरु



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुलमखुला रुपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको समाचार आजको राजधानी दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसर काठमाडौंले यस्तो गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियमान सुरु गरेको हो ।

परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुनेगरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले विशेष अभियान सुरु गरेको बताए ।

पैहरीले आइतबार मात्रै राजधानीका करिब एक दर्जन स्थानबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको भन्दै १ सय २५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ सय ९ जना पुरुष र १६ जना महिला छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: