नयाँ फिल्ममा साहरुख र कट्रिनाको रोमान्स « Nagarik Khabar

नयाँ फिल्ममा साहरुख र कट्रिनाको रोमान्स



एजेन्सी । बलिउड स्टार साहरुख खान चलचित्र ‘जिरो’ असफल भएपछि तनाबमा थिए । त्यसपछि उनले नयाँ चलचित्रमा काम सुरु पनि गरेका छैनन् ।

तर, भारतीय सञ्चार माध्यमका अनुसार, साहरुखले फेरि नयाँ चलचित्रमा काम गर्दैछन् । ‘सत्ते पे सत्ता’ नामक चलचित्रमा नायक साहरुख खानसँग नायिका कट्रिना कैफ देखिनेछन् ।

निर्माता रोहित सेट्टी उनको प्रोडक्शनबाट नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छन् । फरहान अख्तरले निर्देशन गर्ने भनिएको यस चलचित्र अमिताभ बच्चन र हेमा मालिनीको हिट चलचित्रको रिमेक हुने बताइएको छ ।

चलचित्रको कथालाई लिएर साहरुख र कट्रिनाबाट पोजेटिभ रेस्पोन्स आएको भारतीय भारतीय सञ्चार माध्यमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: