चीन र अमेरिकाबीच व्यापार युद्ध ! « Nagarik Khabar

चीन र अमेरिकाबीच व्यापार युद्ध !



एजेन्सी । चीन र अमेरिकाबीच व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएको छ। साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चिनियाँ घोषणापछि अमेरिकाका शेयर बजारमा त्यसको असर देखिएको छ । यसलाई विश्व बजारमा चीन र अमेरिकाबीचको व्यापार युद्धको नाम दिइएको छ ।

चीनको सो निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ। अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु हुनेगरि ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउने घोषणा गरेको छ।

गत शुक्रवार अमेरिकाले २०० अर्ब डलर बराबरका सामानमा थप कर लगाउने घोषणा गरेको थियो।त्यसको असर अहिले अमेरिकी शेयर बजारमा परेको छ। त्यहाँ पछिल्लो कारोबारको क्रममा डाउ जोन्स छ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ। चिनियाँ सामानमा कर लगाउँदा अमेरिकालाई पनि हानि हुने बताइएको छ । चीन अमेरिका व्यापार युद्धको व्यापक असर पर्ने राष्ट्रसंघका बताएको छ ।

कर नबढाउन अमेरिकी राष्ट्रपतिले दिएको चेतावनीलाई चीनले बेवास्ता गरेको छ। उसले मासु, सागसब्जी, फलफूलको रस, खाने तेल, चिया र कफीजस्ता पाँच हजार जति अमेरिकी सामानमा पाँचदेखि २५ प्रतिशतसम्म कर थप्ने निर्णय गरेको छ। चीन र अमेरिकाबीच चर्किएको व्यापारिक तनावबारे चिन्ता बढ्दै गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ सो विषयमा चिनियाँ राष्ट्रपति सि जिन्पिङसँग अर्को महिना छलफल हुन सक्ने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: