श्रीलंकामा तनाब बढ्योः देशभर राती कर्फ्यू « Nagarik Khabar

श्रीलंकामा तनाब बढ्योः देशभर राती कर्फ्यू



 

काठमाडौं । श्रीलंकामा जातीय हिंसा भड्कन थालेपछि रातभर ठाउँठाउँमा कर्फ्यु लगाएको छ । श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकाभर रातिमा कर्फ्यु लगाइएको हो । हिंसा रोक्ने उद्देश्यले श्रीलंका सरकारले यसअघि देशभर फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सन्जालहरुमा प्रतिबन्ध लगाएको थियो ।

आक्रमणकारीले धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएका छन् । धेरै स्थानमा भिड नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार गरिएको छ ।
श्रीलंकामा इस्टर सन्डेको बेला चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएको थियो । यो आत्मघाती हमलाबाट २५० भन्दा बढीको मृत्यु भएको थियो । यो घटनापछि श्रीलंकामा तनावको वातावरण कायमै छ । यद्यपि यसअघि श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेका थिए । त्यसको केही दिनपछि नै हिंसात्मक घटना बढेका हुन् ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले शान्ति कायम राख्न अपिल गरेका छन् र ताजा हिंसाका कारण श्रृंखलावद्ध आक्रमणको अनुसन्धान प्रभावित भएको बताएका छन् । स्थिति नियन्त्रणमा लिन रातिको बेला कर्फ्यू लगाइएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सुरक्षाकर्मीले उत्तरपश्चिमी शहर किनियाको एक तलाउ नजिकै हतियारको खोजीका लागि सर्च अभियान चलाएका थिए । प्रदर्शनकारीले भने सो तलाउ नजिकैको मस्जिदमा पनि खानतलासी गर्न माग गर्दै प्रदर्शन गरेका थिए । यसैबाट तनाव बढ्दै गएको हो ।
प्रहरीले भने चिला भन्ने एक ठाउँमा फेसबुकबाट सुरु भएको विवाद दंगामा बदलिएको बताएको छ । फेसबुकमा विवादित पोष्ट गरेको भन्दै प्रहरीले ३८ वर्षीय मस्लिम युवकलाई नियन्त्रणमा लिएको छ । बीबीसीका अनुसार ट्वीटरमा भने रोक लगाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: