विकासका लागि नयाँ मोडल खोजौं : प्रचण्ड (भिडियोसहित) « Nagarik Khabar

विकासका लागि नयाँ मोडल खोजौं : प्रचण्ड (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी दिए ।

मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरे । नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीमा परिवर्तन नभए त्यो प्रत्युत्पादक हुने प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निस्तेज पारेर अग्र्यानिक कृषि बाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास व्यक्त गरे र

दुई दिनसम्म चल्ने सो सम्मेलनमा भारत, भुटान, क्युवालगायतका मुलुक सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: