जनसङ्गठनको एकता ३ गते घोषणा हुन्छ: महासचिव पौडेल « Nagarik Khabar

जनसङ्गठनको एकता ३ गते घोषणा हुन्छ: महासचिव पौडेल



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले जेठ तीन गते पार्टी एकताका बाँकी काम पुरा हुने बताएका छन् । पार्टी कार्यालय बल्खुमा मङ्गलवार आयोजित तयारी बैठकका क्रममा महासचिव पौडेलले पार्टी एकता अन्तरगत पोलिटब्यूरो गठन, जनसङ्गठनको एकतालगायत सबै विषय जेठ ३ गते घोषणा गरिने बताएका हुन् ।

तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसको अवसरमा पार्टी एकताका सबै काम सम्पन्न भएको घोषणा गरिने महासचिव पौडेलको भनाई छ । उनले स्मृति दिवस तथा पार्टी एकताको एक वर्षको अवसरमा ३ गते तत्कालीन एमालेको केन्द्रीय कार्यालय बल्खुमा विशेष कार्यक्रम आयोजना गरिएको बताए ।

जेठ ३ गतेको कार्यक्रमको तयारीका लागि आयोजित छलफल कार्यक्रममा महासचिव पौडेलले भने ‘दुई अध्यक्ष लेनै ३ गते एकताको बाँकी काम सम्पन्न हुन्छ भन्नु भएको छ । त्यसै अनुसारको तयारी पनि भएको छ । मदन-आश्रित स्मृति दिवस र पार्टी एकता घोषणाको एक वर्षको अवसरमा आयोजित कार्यक्रममा एकताका बाँकी काम पुरा भएको घोषणा गरिने छ ।’ 

जनसङ्गठनको एकता, पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय र विभाग गठनको प्रस्ताव तयार भइरहेको छ । जेठ ३ गतेको कार्यक्रमलाई दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: