विधेयक सच्याउन पहल गर्ने अध्यक्ष तिमिल्सिनाको आश्वासन (भिडियोसहित) « Nagarik Khabar

विधेयक सच्याउन पहल गर्ने अध्यक्ष तिमिल्सिनाको आश्वासन (भिडियोसहित)



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरिएको उक्त विधेयक संशोधनको क्रममा र संसदीय समितिको छलफलको क्रममा सच्याउने अवसर भएकाले त्यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे ।

मंगलबार सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा पुगेका नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भटमा उनले विधेयकमा देखिएका कमीकमजोरी हटाउन पर्याप्त छलफल गर्ने अवसर भएको बताए । विधेयक संशोधन र विषयगत समितिमा छलफलको क्रममा सरोकारवाला निकायसँग पनि छलफल गर्ने प्रक्रिया भएकाले कुनै पनि विधेयक सच्याएर अघि बढाउन पर्याप्त अवसर रहेको अध्यक्ष तिमिल्सिनाको प्रष्ट्याए ।

भेटवार्तामा युनियनले सम्पूर्ण मिडियामाथिनै ‘कु’ गर्ने नियतका साथ ल्याइएको उक्त विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: